प्रधानमन्त्री ओलीद्धारा मन्त्रीमण्डल पुर्नगठनः यी हुन नयाँ मन्त्रीहरु (सूचिसहित)



४ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार मन्त्रीमण्डल पुर्नगठन गर्नुभएको छ । मन्त्रीमण्डल पर्नगठन अन्र्तगत केही मन्त्रीहरुलाई हटाउदै नयाँ मन्त्री नियुक्त गर्नुभएको छ भने अधिकाशं मन्त्रीहरुको जिम्मेवारी यथावत राख्नुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीहरुको सूचि राष्ट्रपति कार्यालय पठाउनुभएको छ । अधिकाशं मन्त्रीलाई साविकै जिम्मेवारी दिइएको छ भने केही मन्त्रीहरु हटाएर नयाँ मन्त्री नियुक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीले पठाउनुभएको नयाँ सूचीमा ईश्वर पोखरेल, रामबहादुर थापा बादल, प्रदीप ज्ञवाली, वर्षमान पुन, गोकुल बास्कोटा र योगेश भट्टराईको जिम्मेवारी परिवर्तन गरिएको छैन । नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम आज राखिएको छ । तत्कालिन पूर्व माओवादीबाट मन्त्री बन्नुभएका उद्योगमन्त्री मातृका यादव र कृषिमन्त्री चक्रपाणी खनाल बलदेवलाई विदा गर्दै गृहमन्त्री रामवहादुर थापा, ऊर्जामन्त्री बर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, खानेपानी मन्त्री बिना मगर र शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको जिम्मेवारी यथावत रहेको छ ।
उपप्रधान एवं स्वास्थ्य मन्त्री बनेका उपेन्द्र यादवलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कानुनमन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमन्त्री बनाइएको छ । त्यसैगरी, घनश्याम भुसाल कृषिमन्त्री, हृदयेश त्रिपाठी संघीय मामिला तथा प्रशासनमन्त्री, उद्योग वाणिज्य तथा आपूति मन्त्रीमा लेखराज भट्टलाई ल्याइएको छ भने उद्योग वाणिज्य तथा आपूर्ति राज्य मन्त्रीमा मोती लाला दुगढ, पार्वत गुरुङ महिला बालबालिका तथा नागरिक मन्त्री र वसन्त नेम्बाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्नुभएको छ । रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री ओलीले नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री र रामवीर मानन्धरलाई शहरी विकास राज्यमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।
यी हुन नयाँ मन्त्रीहरु (सूचिसहित)

प्रतिक्रिया दिनुहोस्