सुनापती गाउँपालिकामा भोली सार्वजनिक सुनुवाई हुँदै



५ मंसिर, रामेछाप ।
सुनापती गाउँपालिकाले बार्षिक रुपमा गरेका कामको बारेमा भोली (शुक्रवार) सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाको पाँच वटै वडाभित्र भएका विकास निर्माणको कामको बारेमा गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्न लागेको हो । गाउँपालिकाभित्र भएका विकास निर्माण लगायतका कामको बारेमा नागरिकहरुलाई जानकारी दिनको लागि सार्वजनिक सुनुवाईको कार्यक्रम राखिएको गाउँपालिकाका अध्यक्ष धावा लामाले बताउनुभयो ।


विगतको बर्षहरुझै यस बर्ष पनि विकास निर्माणको कामको बारेमा नागरिकहरुलाई जानकारी गराउने नागरिकहरुको केही गुनासा भए सम्बोधन गर्ने मुख्य उदेश्यको साथ सार्वजनिक सुनुवाईको कार्यक्रम आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता कमल केसीले जानकारी दिनुभयो । गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी भएर गाउँपालिका र जनप्रतिनिधिहरुसँग केही गुनासो भए कार्यक्रममा राख्न आग्रह गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाद्धारा जारी गरिएको सूचनामा गाउँपालिकाबाट आर्थिक बर्ष २०७५।०७६ मा सम्पादित काम तथा योजना र कार्यक्रमका सन्दर्भमा सार्वजनिक सुनुवाई कार्यक्रम हुने भएकाले उपस्थित हुन नागरिक समाज, बुद्धिजीवि राजनीतिक दल र नागरिकहरुलाई आग्रह गर्नुभएको छ । भोली ११ बजेबाट गाउँपालिकाको केन्द्र हिलेदेवीस्थित गाउँपालिकाको सभाहलमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्