एक बर्षमा सुनापती गाउँपालिकाको प्रमुख ८ उपलब्धिः गाउँपालिकाको सबै टोलटोलमा सडक



६ मंसिर, रामेछाप ।
सुनापती गाउँपालिकाले एक बर्षको अवधिमा प्रमुख ८ उपलब्धि हासिल गरेको निष्कर्ष निकालेको छ । गाउँपालिकाको बार्षिक समिक्षा कार्यक्रममा विकास निर्माण लगायतका धेरै क्षेत्रमा काम भएपनि मुख्य रुपमा आठ वटा उपलब्धि गरेको निष्कर्ष निकालेको छ ।

गाउँपालिकाले दिर्घकालिन विकासका लागि विपद् तथा राहत व्यवस्थापन सम्बन्धि योजना, अवधिक योजना तर्जुमा र प्रोफाइलको तयारी एवं निर्माणलाई उपलब्धि भनेको छ । आवधिक योजनाले आगामी दिनमा प्राथमिकता निर्धारण गरेर विकास निर्माणको काम अगाडि बढाउन सहज हुने गाउँपालिकाका प्रवक्ता कमल केसीले रामेछाप न्युजलाई बताउनुभयो ।

समिक्षा बैठकले भौतिक विकास तर्फ पाँच उपलब्धि हासिल गरेको ठहर गरेको छ । जस अनुसार गाउँपालिकाको केन्द्रबाट पाँच वटै वडामा सबै मौसमा सञ्चालन हुन सक्ने गरी कच्ची सडकको निर्माण, सबै टोल वस्तीमा सडक सञ्चालनको काम करिब सम्पन्न (२७६ किलोमिटर कच्च सडक) भएको छ ।

गाउँपालिभित्र सबै वडामा विद्युतीकरणको काम सम्पन्न भएको, २ वटा वडा कार्यालय भवन निर्माणाधिन अवस्थामा रहेको, गाउँपालिकाको भवन र २ वडा कार्यालय भवन चालु आर्थिक बर्षमा निर्माण गर्ने गरी डिपिआरको कार्य अन्तिम चरणमा पुगेको र सडक तथा भवनको मापदण्ड लागू गरेको उल्लेख गरिएको, प्रवक्ता केसीले बताउनुभयो ।
बार्षिक समिक्षा कार्यक्रममा गाउँपालिकाका प्रमुख धावा लामा, उपाध्यक्ष गिता विष्ट र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी गराउनको थियो ।

प्रतिक्रिया दिनुहोस्