गाउँपालिकाले राम्रो काम गरेकाे छः अध्यक्ष लामा



७ मंसिर, रामेछाप ।
सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले स्थानीय सरकारले जनताको अपेक्षालाई पूरा गर्ने गरी काम गरिरहेको बताउनुभएको छ । उहाँले गाउँपालिकाभित्र विकास निर्माणको काम तीब्र गतिमा अगाडि बढेको बताउदै जनताको जीवनमा परिवर्तन ल्याउने गरी राम्रो काम भएको बताउनुभएको हो । अध्यक्ष लामाले राम्रो काम गरेपनि केही भएन भएर गुनासो गर्नुको अर्थ नभएको बताउदै केही कमिकमजोरी भए सच्याएर अगाडि बढन तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।


आर्थिक वर्ष २०७५÷०७६ भित्र भएका कामको जानकारी दिन गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष लामाले सडक स्वास्थ्य, शिषा, खानेपानी सामाजिक सुरक्षा लगायतको काममा धेरै सुधार ल्याएको दावी गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गिता विष्टले विकास निर्माणको काम प्रभावकारी रुपमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले न्यायिक समितिमा आउने विभिन्न विबादहरुलाई छलफलको माध्यमबाट दुबै पक्षलाई न्याय हुने गरी विबाद समधान गर्ने गरेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गाउँपालिकाले अगाडि सारेको नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि प्रतिबद्ध भएर लागि परेको बताउनुभयो ।

गाउँपालिकाले आवधिक योजना तय गर्नुको साथै दिर्घकालिन योजना निर्माण गरेर नै विकास निर्माणको काम अगाडि बढाएको बताउनुभयो । गाउँपालिकाले अगाडि सारेको योजना कार्यान्वयनमा कर्मचारीले दत्तचित्त भएर लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।


कार्यक्रममा सुनापती वडा नम्बर २ गुन्सीका वडा अध्यक्ष चण्डेश्वर चौलागाई, वडा नम्बर २ दिमीपोखरीका वडा अध्यक्ष कमल केसी, वडा नम्बर ३ हिलेदेवीका वडा अध्यक्ष बाबुराम तामाङ, वडा नम्बर ४ बेथानका वडा अध्यक्ष खड्क घिसिङ र वडा नम्बर ५ खनियापानीका वडा अध्यक्ष ठूलोकान्छा तामाङ, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु र नागरिकहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्