रामेछापको उपनिर्वाचनमा सुरक्षा व्यवस्था कडाः तीन घेराको सुरक्षामा निर्वाचन



९ मंसिर, रामेछाप ।
आगामी मंसिर १४ मा उमाकुण्ड गाउँपालिका–५ प्रितिमा हुने वडा अध्यक्षको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्नको लागि सुरक्षाकर्मीको संख्या बढाइएको हो ।

राजनीतिक दलहरुले चुनावी अभियान तीब्र बनाएसँगै निर्वाचनमा हुन सक्ने सम्भावित अवस्थालाई मध्यनजर गरेर जिल्ला प्रहरी कार्यालय रामेछापले प्रहरी परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले निर्वाचनमा एक सय भन्दा बढी प्रहरी परिचालन गर्ने कार्यक्रम अन्तर्गत प्रहरीलाई खटाइसकेको रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँले भन्नुभयो,‘हामीले निर्वाचनलाई सफल बनाउन प्रहरी परिचालन गरिसकेका छौं ।’ निर्वाचनमा शसस्त्र प्रहरी बल र नेपाली सेना समेत परिचालन हुनेछन् । जिल्ला निर्वाचन कार्यालय रामेछापले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएको छ । निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्नको लागि सर्वदलिय बैठक समेत यस अघि सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्