प्रधानमन्त्री ओली फेरि अस्पताल भर्नाः एपेन्डीसाइटिसको अप्रेसन गरिदै



१० मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको अस्पतालले जनाएको छ ।

एपेन्डीसाइटिस भएपछि उनको अप्रेसनको तयारी भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो । मिर्गौलाका बिरामी प्रधानमन्त्री ओलीको सोमबार मात्र हेमोडायलसिस गरिएको थियो। गत साउनदेखि नै मिर्गौला सम्बन्धी समस्याले गर्दा प्रधानमन्त्री ओली चिकित्सकीय परामर्श, परीक्षण र उपचारमा हुनुहुन्छ । प्रधानमन्त्रीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौलाको कार्यक्षमता घटेका कारण ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उनको चार पटक डायलायसिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्