प्रधानमन्त्री ओलीको अप्रेसन सफल



१० मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको सफल शल्यक्रिया भएको छ । आज बिहान पेट दुखेपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना हुनुभएका प्रधानमन्त्रीको एपेण्डिसाइटिसको अप्रेशन गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालका ग्याष्ट्रोइन्टेरोलोजी, पित्त तथा कलेजो प्रत्यारोपण सर्जन डा. रमेश सिंह भण्डारीको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गरेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शल्यक्रिया पश्चात् जनरल वार्डमा सार्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्