गाडीबाट लडेर रामेछापमा युवकको ज्यान गयो, चालक नियन्त्रणमा




१० मंसिर, रामेछाप ।
रामेछापमा गाडीबाट लडेर एक युवकको ज्यान गएको छ । सोमवार बनेपाबाट भाडाकुडाको सामन सेल्स गर्दै बाम्तीतर्फ जादै गएको बा ५ ख ७२५४ नम्बरको आइचार उमाकुण्ड गाउँपालिका–२ जिरोमाइलमा गाडीबाट लडदा मकवानपुर मनहरि गाउँपालिका–३ का ३८ बर्षिय कुमार लामाको उपचारको क्रममा निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले गाडीबाट लडेर घाइते भएका लामालाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर थप उपचाको लागि सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा ल्याउदा डाक्टरले मृत घोषणा गरेको बताउनुभयो । उहाँले चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्