प्रितिको उपनिर्वाचनमा नमूना मतदान हुन्छः प्रजिअ केसी



१२ मंसिर, रामेछाप ।
रामेछापका प्रमुख जिल्ला अधिकारी लिला कुमार पाण्डे केसीले मंसिर १४ गते उमाकुण्ड गाउँपालिका–५ प्रितिमाको वडा अध्यक्षको निर्वाचनमा नमूना मतदान हुने बताउनुभएको छ । उहाँले निर्वाचनमा सहभागी राजनीतिक दलहरुबीच सौहार्थ वातावरण रहेको बताउदै निर्वाचनमा मतदाताहरुले आफ्नो भोट स्वतन्त्र रुपमा प्रयोग गर्ने अवस्था रहेको बताउनुभयो ।
उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘निर्वाचन स्वतन्त्र निष्पक्ष हुन्छ, उपनिर्वाचनमा प्रितिका वडावासीले नमूना मतदान गर्ने छन् ।’ १७ सय ४९ मतदाता रहेको प्रितिमा दुई वटा मतदान केन्द्र रहेका छन् । निर्वाचनमा सत्तारुढ दल नेकपाका निर्वचनमा कार्यवहाक वडा अध्यक्ष कुलबहादुर बस्नेत, नेपाली कांग्र्रेसका सावित्री सुनुवार सहित चार पार्टीले उम्मेदवारी दिएका छन् ।
प्रजिअ केसीले शान्ति सुरक्षाको अवस्था मजबुद्ध रहेको बताउदै निर्धक्क भएर स्वतन्त्रपूर्वक मतदान गर्न पनि प्रितिका वडावासीहरुलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्