जेडसीजीआई खानी जेभीले पायो केशरमहलको प्रबलीकरणको ठेक्का



काठमाडौं, मंसिर १३ ।
२०७२ बैशाखको भूकम्पबाट क्षतिग्रस्त कान्तिपथस्थित केशरमहलको प्रबलीकरणका लागि ठेक्का सम्झौता भएको छ । प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन० र जेडसीजीआई–खानी जेभीबीच ठेक्का सम्झौता भएको हो ।सम्झौतामा इकाईका तर्फबाट आयोजना निर्देशक नवराज प्याकुरेल र जेभीका तर्फबाट रत्न गौतमले हस्ताक्षर गर्नुभयो ।जेभीले भ्याटसहित ६७ करोड २४ लाख ६० हजार ८२७ रुपैयाँमा प्रबलीकरणको ठेक्का पाएको हो । प्रबलीकरणको अवधि दुई वर्षको छ ।

आयोजना निर्देशक प्याकुरेलले मौलिक स्वरुप कायम राखी भूकम्पप्रतिरोधी हुनेगरी प्रबलीकरण गरिने बताउनुभयो ।निर्माण कम्पनीका रत्न गौतमले तोकिएको समयमै प्रबलीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँल एक हप्ताभित्र निर्माण कार्य सुरु गरिने जानकारी पनि दिनुभयो ।
परामर्शदातामा जोन स्याण्डी एसोसिएट्स प्रालि एस.डब्लु नेपाल प्रालि र पिरामिड डिजाइन एसोसिएट्स प्रा.लिको जेभी छनौट भएको छ ।
जेडसीजीआई–खानी जेभी अन्र्तगत खानी जेभीका सञ्चालन रत्न गौतमले तोकिएकै समयसीमाभित्र प्रवलिकरणको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने रामेछाप न्युजलाई बताउनुभयो । भुकम्पपछि खानी निर्माण सेवाले झण्डै दुई सय भन्दा बढी विद्यालयहरुको पुर्ननिर्माणको काम तोकिएको सयमभित्र सम्पन्न गरेर स्यावासी कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्