चुनाव अपडेटः प्रितिमा ६ घण्टामा ७ सय मतदान, मतदाताको भीड कायमै



१४ मंसिर, रामेछाप ।
उपनिर्वाचन अन्र्तगत रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा वडा अध्यक्षको लागि बिहानबाट सुरु भएको मतदानमा ६ घण्टामा ७ सय मत खसेको छ । मतदानको लागि आज बिहानैबाट वडाको दुई वटा मतदान केन्द्रमा लाइनमा लागेका छन् । १७ सय ४९ मतदाता रहेको प्रिति वडामा करिब १३ सय मत खस्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले करिब आधा भन्दा बढी मतदाताले मतदान गरिसकेको रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ, पाँच बजेपछि मतगणना सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्