रामेछापमा उपनिर्वाचनः ११ सय ५० जनाले गरे मतदान, आज नै परिणाम आउने



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउपालिका–५ प्रितिमा आज भएको वडा अध्यक्षको निर्वाचनमा ११ सय ६० मत खसेको छ । १७ सय ४९ मतदाता रहेको प्रितिमा करिब मतदान सकिएको छ । निर्वाचनलाई स्वतन्त्रपूर्व सम्पन्न गर्नको लागि प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डे, जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराई सहित सशस्त्रका प्रहरी बल रामेछापका प्रमुख रमेश कुमार थापाले अनुगमन गर्नुभएको थियो ।
डेढ बर्ष अघि तत्कालिन नेकपाबाट निर्वाचित वडा अध्यक्ष कुविर खत्रीको निधन भएपछि रित्त वडा अध्यक्षको लागि निर्वाचन भएको हो । वडाध्यक्षका लागि नेकपाबाट कुल बहादुर बस्नेत, नेपाली कांग्रेसबाट सावित्री सुनुवार, राप्रपमा संयुक्तबाट हर्क बहादुर तमाङ र समाजवादी पार्टी राजकुमार सुनुवारले उम्मेदवारी दिएका छन् । सरस्वती माविको मतदान केन्द्रमा बिहानदेखि नै मतदाता लाम लागेका थिए ।

मतदान करिब सम्पन्न भएपनि मतदान गर्ने समय ५ बजेसम्मको लागि रहेको छ । मतदान पश्चात् तत्काल नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले तयारी गरेको छ । मत गणना सुरु भएको दुईदेखि तीन घण्टाको बीचमा परिणाम आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्