रामेछापमा उपनिर्वाचन सम्पन्नः चुनाव जित्ने नेकपाका उम्मेदवार बस्नेतको दावी



१४ मंसिर, रामेछाप । उमाकुण्ड गाउपालिका–५ प्रितिमा आज भएको वडा अध्यक्षको निर्वाचनमा ११ सय ७३ मत खसेको छ । १७ सय ४९ मतदाता मध्य ११ सय ७३ जनाले मात्र मतदान गरेका ुहन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न भएको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदानस्थलबाट मत गणना हुने गाउँपालिकाको केन्द्र प्रितिस्थित चण्डेश्वरी माविमा ल्याइएको छ । वडाध्यक्षका लागि नेकपाबाट कुल बहादुर बस्नेत, नेपाली कांग्रेसबाट सावित्री सुनुवार, राप्रपमा संयुक्तबाट हर्क बहादुर तमाङ र समाजवादी पार्टी राजकुमार सुनुवारले उम्मेदवारी दिएका छन् ।

नेकपाका उम्मेदवार कुलबहादुर बस्नेतले आफूले निर्वाचन जित्ने दावी गर्नुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘विगतमा मैले गरेको कामको मुल्याङकन गरेर जनताले मलाई मत दिएका छन, मेरो विश्वास छ मैले निर्वाचन जित्छु ।’ मतदान पश्चात् तत्काल नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले तयारी गरेको छ । मत गणना सुरु भएको दुईदेखि तीन घण्टाको बीचमा परिणाम आउने अपेक्षा गरिएको छ । मतगणनाको तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्