उपनिर्वाचनः वडाअध्यक्षमा नेकपाको चौँथो जित, कांंग्रेसले खाता खोल्न सकेन 



१४ मंसिर, काठमाडौँ। लम्जुङको सुन्दरबजार नगरपालिका – २ मा मतगणना सकिएको छ । सो वडामा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । उनले ९९३ मत ल्याए भने नेपाली काँग्रेसका प्रकाश सँढाईले ४ सय ८२ मत प्राप्त गरे । कुल ११ मत बदर भएको थियो ।
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा कृष्णबहादुर तामाङ विजयी भएका छन् । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का उम्मेदवार तामाङले ५२८ मत पाएका छन् ।
सल्यानको कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् ।
शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोेकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाउँदा समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाए ।
रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० विजयी भएको छ । यसअघि यो वडामा नेत्रविक्रम चन्द समर्थित स्वतन्त्र उम्मेद्वारले जितेका थिए ।थबाङ १ का तत्कालीन वडाध्यक्ष फर्कबहादुर बुढामगरको ६ असारमा निधन भएपछि यहाँ उपचुनाव भएको हो ।शनिबार सम्पन्न उपचुनावमा नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्