रामेछापको उमाकुण्डमा मतगणना सुरु दुई घण्टामा परिणाम



१४ मंसिर, रामेछाप ।
रामेछाप जिल्लाको उमाकुण्ड–५ प्रितिमा आज भएको वडा अध्यक्षको उपनिर्वाचनको मतगणना सुरु भएको छ । उमाकुण्ड गाउँपालिकाको केन्द्रस्थित चण्डेश्वरी माविमा मतगणना सुरु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले सर्वदलिय सहमतिपछि मतगणनाको काम सुरु भएको रामेछाप न्युजलाई बताउनुभयो । उहाँका अनुसार ९ः३० बजेबाट मतगणना सुरु भएको हो । मतगणनास्थलमा चार जना रहेका छन् । अहिले मतपत्र एकीकृत गरेर पट्याउने काम सम्पन्न भएको छ । पितमा १७ सय ४९ मतदाता मध्ये ११ सय ७३ मत खसेकाे छ ।

प्रतिक्रिया दिनुहोस्