रामेछाप अपडेटः नेकपाका उम्मेदवार बस्नेत दोब्बर मतले अगाडि



१४ मंसिर, रामेछाप ।
उमाकुण्ड गाउँपालिका–५ प्रितिमा आज भएको वडा अध्यक्षको निर्वाचनको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले अगाडि रहेका छन् । अहिलेसम्म ७ सय मत गणना भएको छ । नेकपाका उम्मेदवार वस्नेतले ४५७ र कांग्रेसका उम्मेदवार सावित्री सुनुवारले २२८ मत प्राप्त गरेका छन् । ११ सय ७२ मत खसेकामा अब ४ सय ७३ मत गणना गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्