रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिको वडाअध्यक्षमा वस्नेत दोब्बर मतले विजयी



१४ मंसिर, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिका–५ प्रितिमा भएको वडा अध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार कुल बहादुर बस्नेत दोब्बर मतले विजयी भएका छन् । उहाँले कांग्रेसका उम्मेदवार सावित्री सुनुवारलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।
११ सय ७३ मत मध्ये बस्नेतले  ७६९    मतले विजयी हुनुभएको हो । उनको निकटतम प्रतिद्धन्द्धी सुनुवारले  ३८०   मत प्राप्त गर्नुभयाे । तत्कालिन वडा अध्यक्ष कुविर खत्रीको ढेड बर्ष अघि निधन भएपछि वस्नेतले १८ महिना कार्यवहाक अध्यक्षको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्