रामेछापमा १३ वर्षीया बालिका बलात्कार गर्ने सुनुवार पक्राउ



१६ मंसिर, रामेछाप । १३ बर्षिय बालिका बलात्कार गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ गरेको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका––३ कुभुकास्थलीमा १३ वर्षीया बालिकामाथि बलात्कार गर्ने संगीत सुनुवार पक्राउ परेका हुन् ।

पीडितका परिवारले दिएको किटानी जाहेरेको आधारमा ४० वर्षीय सुनुवारलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख सन्तोष भट्टराईले जानकारी दिनुभयो । कक्षा ७ मा अध्ययनरत ती बालिकामाथि सुनुवारले मंसिर २ गते बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।

पक्राउ परेका सुनुवारले आफूले गल्ती गरेको स्वीकार गरेका छन् । प्रहरीले बलात्कारको किटानी जाहेरीका आधारमा सुनुवारलाई पक्राउ गरी अनुसन्धानको लागि हिरासतमा राख्न रामेछाप जिल्ला अदालतबाट सात दिनको म्याद दिएको छ । प्रहरीका अनुसार बालिका बलात्कार गर्ने सुनवारलाई दस देखि १५ बर्ष जेल सजाई हुनेछ । पीडित बालिका र बलात्कारमा संलग्न सुनुवारको स्वास्थ्य परीक्षण गर्ने काम सम्पन्न भएको छ । स्वास्थ्य परीक्षणबाट सुनुवारले बालिकामाथि बलात्कार गरेको रिपोर्टले देखाएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्