मलेसियाले नेपालसँग ३१ हजार बढी कामदार माग्यो कुन क्षेत्रमा कति ? (विवरणसहित)



१७ मंसिर, काठमाडाैं ।

मलेसियाले नेपालसँग ३१ हजारभन्दा बढी कामदारको माग गरेको छ । मङ्गलबार क्वालालुम्पुरस्थित नेपाली दूतावासले एक विज्ञप्ति जारी गरी ३१ हजार २ सय १ जना कामदारको मागसम्बन्धी पत्रको प्रमाणीकरण गरेको बताएको हो ।लामो समयदेखि अवरुद्ध मलेसिया रोजगारीका लागि गएको अक्टुबर महिनाबाट नेपालले मागपत्र लिन थालेको थियो ।

पहिले मलेसियाको गृह मन्त्रालयबाट मागपत्र स्वीकृत भएपछि मात्रै नेपाली दूतावासमा पुग्ने भएकाले मलेसियाको गृह मन्त्रालयबाट स्वीकृत भएका ३१ हजार २ सय १ जना कामदारको माग प्रमाणीकरण गरी दूतावासले वैदेशिक रोजगार विभागमा पठाएको हो ।

मलेसियाले औद्योगिक क्षेत्रका लागि १७ हजार १ सय १६ जना, सेक्युरिटी गार्डसहितको सेवा क्षेत्रमा १० हजार १ सय ८३ जना, कृषिक्षेत्रमा १ हजार ४ सय ७५ जना, वृक्षारोपणका लागि १ हजार ३ सय ९७ जना र निर्माण क्षेत्रमा १ हजार ३० जना कामदारको माग गरेको हो ।

विभिन्न म्यानपावर कम्पनीमार्फत् अब यी क्षेत्रमा नेपालबाट कामदार पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्