स्वास्थ्य भएर प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज



१९ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओली आज अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीले आज डिस्चार्ज हुनुभएको हो । यसअघि बिहीबार नै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीको अघिल्लो मंगलबार एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।अस्पतालबाट बाहिरिँदै गर्दा प्रधानमन्त्री ओलीले आफू स्वस्थ भएर फर्किएको बताउनुभयो । चिकित्सक डा. अरुण शायमीले प्रधानमन्त्रीको एपेन्डिक्सको उपचार सफल अप्रेसन गर्नुभएको थियो । प्रधानमन्त्री ओली मंसिर १० गते अस्पताल भर्ना भएर दस दिनपछि डिस्चार्ज हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्