नेकपा खाडाँदवी गाउँपालिकाको अध्यक्षमा श्रेष्ठ सचिवमा तामाङ



१९ मंसिर, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीले रामेछापको खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठलाई चयन गरेको छ । नेकपा रामेछापले पार्टी एकीकरण भएको वीस महिनापछि खाँडादेवी गाउँपालिकाको अध्यक्ष, सचिव र कार्यालयका सदस्यहरु चयन गरेको हो । खााडादेवी गाउँ कमिटीको सचिवमा रमेश तामाङ चयन भएका छन् ।

जिल्ला इन्चार्ज देवशकंर पौडेल, सह–इन्चार्जद्धय श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, जिल्ला अध्यक्ष मैन कुमार मोक्तान र सचिव शान्ति पौडेलसहितको बैठकले खाँडादेवी गाउँकमिटीको कार्यालय सदस्यहरुमा पुष्कर कुमार कार्की, रमा घिसिङ र शम्भु तामाङलाई चयन गर्ने निर्णय गरेको हो । जिल्ला सचिव पौडेलले बाँकी वडा कमिटीलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्