नेकपा दोरम्बा गाउँपालिकाको पदाधिकारी टुंगियो,अध्यक्षमा श्रेष्ठ सचिवमा कडेल



२० मंसिर, रामेछाप ।
नेकपा रामेछापले दोरम्बा गाउँपालिकाको अध्यक्ष सचिव सहित पदाधिकारीको टुंगो लगाएको छ । पार्टी एकता भएको वीस महिनापछि पदाधिकारीको टुंगो लगाएको हो । दोरम्बा गाउँपालिका कमिटीको अध्यक्षमा हिरा श्रेष्ठ र सचिवमा कुमार कडेल चयन भएका छन् ।

पदाधिकारी अन्तर्गत कार्यालय टिममा दावाशम्बु शेर्पा मेचमान योञ्जन र प्रमिण कुमार मोक्तान रहेका छन् । पदाधिकारीको टुंगो लगाए पनि नेकपाले अझै वडा कमिटीको भने टुंगो लगाउन सकेको छैन् । अध्यक्षको जिम्मेवारी पाउनुभएका श्रेष्ठले पार्टीको दिएको जिम्मेवारी पूरा गरेर पार्टीलाई बलियो बनाउने गरी काम गर्ने रामेछाप न्युजलाई बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्