यी हुन नेकपा रामेछापको ८ स्थानीय तह हाँक्ने अध्यक्ष र सचिव



स्नेहा सिलवाल

२० मंसिर, काठमाडौं ।
पार्टी एकीकरण भएको वीस महिनापछि नेकपा रामेछापले जिल्लाको आठ वटा स्थानीय कमिटीको अध्यक्ष, सचिव र कार्यालयमा रहने सदस्यहरुको टुंगो लगाएको छ । लामो समयको वार्ता र छलफलपछि स्थानीय कमिटीले नेतृत्व पाएको हो । । पार्टीका इन्चार्ज देवशकंर पौडेल, सह इन्चार्जद्धय श्यामकुमार श्रेष्ठ, कैलाश ढुंगेल, अध्यक्ष मैन कुमार मोक्तान, र सचिव शान्ति पौडेल सहित बसेको बैठकले जिल्ला कमिटीको कार्यालयमा रहने सदस्यहरुको पनि टुंगो लगाएको छ ।

काठमाडौंमा बसेको जिल्लाका शीर्ष तहका नेताहरुको बैठकले आठ वटा स्थानीय कमिटीका अध्यक्ष, सचिव र कार्यालय सदस्यहरुको नाम टुंगो लगाएको नेकपा रामेछापका सचिव शान्ति पौडेलले रामेछाप न्युजलाई बताउनुभयो । नेकपा रामेछापले उमाकुण्ड गाउँपालिकाको अध्यक्षमा चित्र बहादुर कार्की, सचिवमा सरिता रसाइली र कार्यालय सदस्यहरुमा नावा तेङडु शेर्पा, लिला माया सुनुवार र अमिृत तामाङ रहेका छन् । त्यसैगरी गोकुलगंगा गाउँपालिका कमिटीको अध्यक्षमा खड्ग बहादुुर सुनुवार, सचिवमा प्रज्ञान खड्का रहनुभएको छ भने कार्यालय सदस्यहरुमा महेश प्रधान, दिपक कार्की र इन्द्र बहादुर तामाङलाई चयन गरेको छ ।

लिखु तामाकोसी गाउँपालिकाको अध्यक्षमा उद्धव प्रसाद कडेरिया, सचिवमा धु्रब कुमार कार्की, कार्यालय सदस्यहरुमा लिला बहादुर बस्नेत, काजी बहादुर थापामगर र उद्धवप्रसाद पौडेल रहुनभएको छ । बैठकले मन्थली नगरपालिकाको अध्यक्षमा कृष्णहरि अधिकारी, सचिवमा दिपक प्रसाई, कार्यालय सदस्यहरुमा रामबाबु घिमिरे, राजु कार्की र निलकण्ठ श्रेष्ठलाई चयन गरेको छ ।

जिल्लाको रामेछाप नगरपालिकाको अध्यक्षमा मोतीलाल तामाङ, सचिवमा होतराज ढकाल, कार्यालय सदस्यहरुमा रोशन पाख्रिन, नरेशबाबु श्रेष्ठ र इन्दिरा बख्रेललाई चयन गरेको छ । नेकपा रामेछापले खाँडादेवी गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार श्रेष्ठ, सचिवमा रमेश तामाङ, कार्यालय सदस्यहरुमा रमा घिसिङ, पुष्कर कुमार कार्की र शम्भु तामाङलाई जिम्मेवारी दिएको छ ।

दोरम्बा गाउँपालिकाको अध्यक्षमा हिरा श्रेष्ठ, सचिवमा कुमार कडेल, कार्यालय सदस्यहरुमा दावाशम्बु शेर्पा, मेचमान योञ्जन र प्रविण कुमार मोक्तान रहनुभएको छ । जिल्लाको सुनापती गाउँपालिकाको अध्यक्षमा ज्ञान कुमार योञ्जन, सचिवमा रामकृष्ण लामा कार्यालय सदस्यहरुमा सोमप्रसाद सापाकोटा, रामकृष्ण घिसिङ र रोज ग्यापक रहनुभएको छ । जिल्ला सचिव पौडेलले रामेछाप न्युजसँग भन्नुभयो,‘तत्कालि दुई पार्टीका अध्यक्ष नै स्थानीय कमिटीको अध्यक्ष र सचिव बनाउने निर्णय गरेको हो ।’

प्रतिक्रिया दिनुहोस्