सागमा विजेता खेलाडीलाई प्रदेश ३ सरकारले नगद सहित सम्मान गर्छः मन्त्री ढुंगेल



२३ मंसिर, हेटौडा ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तीन नम्बर प्रदेशबाट स्वर्ण, रजत र कान्य जित्ने खेलाडीहरुलाई तीन नम्बर प्रदेश सरकारले नगद सहित सम्मान गर्ने गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

तीन नम्बर प्रदेशका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सागमा देशको शीर उच्च बनाउदै विजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्ने निर्णय गरिएको रामेछाप न्युजलाई बताउनभुयो । उहाँले स्वर्ण पदक विजेता प्रति खेलाडीलाई १ लाख रजत विजेता प्रति खेलाडीलाई ५० हजार र कास्य विजेता प्रति खेलाडीलाई पचास हजार रुपैयाँ दिने निर्णय भएको बताउनुभयो । मन्त्री ढुंगेलले राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने तीन नम्बर प्रदेश स्थायी ठेगाना भएका खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्