रामेछापमा फेरि दुर्घटनाः भंगेरीमा सेनाको गाडीले ठक्कर दिदा १४ बर्षिय विद्यार्थीको मृत्यु
२४ मंसिर, रामेछाप ।
रामेछाप जिल्लामा सवारी दुर्घटनाको संख्या बढेको छ । रामेछाप नगरपालिका– ८ भंगेरीमा जिपको ठक्करबाट आज एक जना बालकको मृत्यु भएको छ । रामेछाप बजारबाट मन्थलीतर्फ जाँदै गरेको नयाँ गोरखदल गण रामेछाप ना १ झ १०७० नम्बरको जिपले ठक्कर दिँदा बा ३९ प ३९४८ नम्बरको मोटरसाईकलमा सवार वर्ष १४ का सुनिल घिसिङ्गको मृत्यु भएको छ भने १४ बर्षिय रामकृष्ण शाही घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घाइते शाहीको जिल्ला अस्पताल रामेछापमा उपचार भईरहेको छ ।
मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल रामेछापमा राखिएको छ । जिल्ल प्रहरी कार्यालय रामेछापका प्रवक्ता रविभुषण यादवका अनुसार दुवै जना श्री मावि भंगेरीमा अध्ययनरत विद्यार्थी हुन् । मोटरसाकल तीब्र गतिका कारण दुर्घटना भएको हो प्रहरीले बताएको छ ।