रामेछापका चार खेलाडीले चम्काए देशको नाम



२५ मंसिर, काठमाडौं ।
तेहौं दक्षिण एसियाली खेलकुद (साग)मा रामेछापका चार खेलाडीले देशको नाम राख्न सफल भएका छन् । सुनापती गाउँपालिका–४ बेथानस्थित डहुका लक्ष्मण तामाङले कराते खेलमा स्वर्ण पदक जित्नुभयो । त्यसैगरी रामेछाप नगरपालिका–२ साँघुटारका दिवस श्रेष्ठले करोत तर्फ नै रजत पदक जित्नुभयो भने लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका भावना सुनुवारले स्क्वास खेलमा कास्य पदक जित्नुभयो । त्यसैगरी लिखु तामाकाेसी गाउँपालिका ३ का राजन खडकाले फेन्सिगंमा काश्य पदक जित्नुभयाे ।   रामेछाप जिल्लामा जन्मिएर तीन खेलाडीले साग खेलमा देशको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चम्काउन सफल भएका छन् ।


स्वर्ण पदक विजेता लक्ष्मण तामाङले आगामी दिनमा पनि खेललाई निरन्तरता दिने रामेछाप न्युजलाई बताउनुभयो । उहाँले भन्नुभयो,‘मेरो परिवारको साथ, प्रशिक्षणको हौसलाकै कारण सागमा स्वर्ण जित्न सफल भए, यो खुसी म सबै नेपालीहरुमा बाँडन चाहन्छु ।’


त्यसैगरी रजत पदक विजेता दिवस श्रेष्ठले स्वर्ण जित्ने लक्ष्य राखेपनि आफूले खेलमा रजत पदक जितेको बताउदै आगामी दिनमा देशलाई स्वर्ण पदक जिताउने गरी मेहनत गर्ने रामेछाप न्युजलाई बताउनुभयो । स्क्वास खेलमा कास्य पदक विजेता भावना सुनुवारले देशलाई स्वर्ण पदक दिलाउने आफ्नो लक्ष्य पूरा यस पटक पूरा नभए पनि आगामी दिनमा स्वर्ण पदक जिताउने गरी खेल्ने रामेछाप न्युजलाई बताउनुभयो ।
सुनापती गाउँपालिका अध्यक्ष लामा धामाले स्वर्ण पदक विजेता लक्ष्मण तामाङलाई भव्य कार्यक्रमको आयोजना गरेर सम्मान गर्ने घोषणा गर्नुभएको छ । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘देशको शीर उच्च राख्ने खेलाडी पाउदा सुनापती गाउँपालिका गौरवान्वित छ, खेलाडीलाई सक्दो सहयोग र सम्मान गरेर आगामी दिनमा थप पदक जित्ने गरी हौसला थप्छौ ।’

प्रतिक्रिया दिनुहोस्