नेकपा रामेछापले ६४ वटै वडा कमिटीको टुंगो लगाउदै



२७ मंसिर, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी रामेछापले जिल्लाको ६४ वटै वडा कमिटीलाई पूर्णता दिने काम अगाडि बढाएको छ । जिल्ला कमिटीले आठ वटै स्थानीय तहको कमिटीको अध्यक्ष, सचिव र पदाधिकारी टुंगो लगाउनुको साथै जिल्ला कार्यालयलाई समेत पूर्णता दिएको छ । पार्टी एकीकरण भएको वीस महिनापछि नेकपाले पुरानै नेतृत्वलाई निरन्तरता दिने गरी एकता प्रक्रियाको काम अगाडि बढाएको छ ।

पार्टीको सांगठानिक कामलाई पूर्णता दिनको लागि नेकपा रामेछापको आज जिल्ला कमिटीको बैठक सुरु भएको छ । तीन नम्बर प्रदेश कमिटीका इन्चार्ज, सहइन्चार्ज, जिल्ला इन्चार्ज र सह इन्चार्ज सहितको बैठकले एकताको बाँकी काम पूरा गर्न निर्णय लिने नेकपा रामेछापका सचिव शान्ति पौडेलले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

यस अघि बसेको बैठकले आठ वटै स्थानीय तहको पदाधिकारी चयन गरेपनि गाउँ कमिटीमा रहने सदस्य र सचिवालयको टुंगो लगाउन सकेको छैन भने वडा कमिटीको नेतृत्व चयनको बारेमा निर्णय लिन सकेको छैन् । सचिव पौडेलले भन्नुभयो,‘आगामी पुस दस गतेभित्र जिल्लाको सबै सांगठनाकि काम सम्पन्न गरी काम गछौं ।’ १ सय ३५ सदस्यीय जिल्ला कमिटीमा अझै दुई जना थप्न बाँकी रहेको छ । जिल्ला कमिटीको बैठकले ४५ सदस्यीय सचिवालय टुंगो लगाउने सचिव पौडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्