रामेछापमा यस बर्षकै बढी चिसो, हिमपातकाे सम्भावना



२७ मंसिर, रामेछाप ।
हिमाली जिल्ला रामेछापमा चिसो ह्वात्तै बढेको छ । आज बिहानबाट पानी पर्ने क्रम सुरु भएसँगै चिसो बढदा जनजीवन कष्टकर भएको हो । जिल्लाको उमाकुण्ड, गोकुलगंगा, दोरम्बा लगायतका क्षेत्रमा चिसो अत्याधिक रुपमा बढेको छ । उमाकुण्ड गाउँपालिकाका स्थानीय छोटी लामा शेर्पाले बिहानैबाट बाम्ती ठोस लगायतको क्षेत्रमा पानी परिरहेको रामेछाप न्युजलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार पानीको साथसाथै बाक्लो कुहिरो पनि लागेको हँदा हिउ पर्ने सम्भावना रहेको छ । त्यसैगरी दोरम्बा गाउँपालिकाको गौश्वरा, डडुवा, दोरम्बा, सुनापती गाउँपालिकाको हिलेदेवी, दिमीपोखरी, खाँडादेवी गाउँपालिकाको खाँडादेवी क्षेत्रमा अत्याधिक चिसो बढेको छ ।

सुनापती गाउँपालिका–३ हिलेदेवीका स्थानीय तेज तामाङले पानी परेसँगै अध्याधिक रुपमा चिसो बढेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार जिल्लाको उच्च पहाडी क्षेत्रमा पानी परेसगै जनजीवन कष्टकर भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्