रामेछापको उच्च क्षेत्रमा भारी हिमपात, जनजीवन कष्टकर



विष्णु खड्का
२८ मंसिर, रामेछाप । देशभर पानीपरेसँग हिमाली जिल्ला रामेछापमको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार बिहानैदेखि मौसममा भएको बदली र वर्षापछि रामेछापको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको हो । हिमपात र वर्षाले कतिपय क्षेत्रमा यातायात समेत प्रभावित भएको छ ।

उमाकुण्ड गाउँपालिकाको गुम्देल, वाम्ती, कुभुकास्थली, प्रिती र गुप्तेश्वर क्षेत्रमा बाक्लो हिमपात भएको छ। वाम्तीको देउराली, गुम्देलको सेर्दिङ, रस्नालु र गुप्तेश्वरको तामेडाडाँमा केही वर्षयताकै बाक्लो हिमपात भएको छ । यसैगरी गोकुलगंगा गाउँपालिकाको चुचुरे, ठोसे, रस्नालु र बेतालीको माथिल्लो भेगमा हिउँ झरेको छ।

दोरम्बा गाउँपालिकामा पर्ने शैलुङमा ३ फिटसम्म हिउँ परेको दोरम्बा गाउँपालिका–३ दोरम्बाका वडा अध्यक्ष खड्ग श्रेष्ठले जानकारी दिनुभयो । उहाँका डडुवा र गौश्वारामा बाक्लो हिउँले जनजिवन कष्टकर छ। शैलुङ र वाम्तीतर्फका सडकहरुमा यातायात साधन अवरुद्ध भएको छ । हिउ परेसँगै आन्तरिक एवं बाह्य पर्यटक हिउ खेल्न आउने क्रम पनि सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्