सरकारी गाडीको ठक्करबाट रामेछापका कार्कीको निधन, शोकमा डुब्यो गाउँ



२८ मंसिर, सिन्धुली ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपाािलका–६ देरालीटारमा गएराति सुमो दुर्घटना रामेछापका शिव बहादुर कार्कीको निधन भएको छ । गाडीको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् ।

हलेसी महादेवको दर्शन गरी काठमाडौँ फर्कदै गरेका यात्रु लिएर जाँदै गरेको ना १ ज ६९८५ को सुमो अचानक सिलिप खाएको र हेर्न जाने क्रममा सोही दिशाबाट आउँदै गरेको पुर्वधार विकास कार्यलय रामेछापको प्रदेश ३ —०१—००२—झ ४६९९ नम्बरको गाडिले ठक्कर दिँदा रामेछाप नगरपालिका–७ सुकाजोरका शिव बहादुर कार्कीको मृत्यु भएको छ ।
गाडीको ठक्करबाट सिन्धुपाल्चोक जिल्लाको पाचपोखरी गाउँपालिका– २ का कमल खड्का गम्भिर घाईते भएको र उहाँको काठमाडौको नर्भिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले बताएको छ । प्रहरीका अनुसार सुमोमा रहेका दस जना यात्रु नै सकुशल रहेका छन् ।  कार्कीको मृत्युको खबरले रामेछाप बजारका स्थानीय शोकमा डुबेका छन् ।

प्रतिक्रिया दिनुहोस्