जनप्रतिनिधिले पार्टीको निर्देशन मान्नु पर्छः अध्यक्ष श्रेष्ठ



३० मंसिर, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टी दोरम्बा गाउँ कमिटीका अध्यक्ष हिरा श्रेष्ठले जनप्रतिनिधिहरुले पार्टीको निर्देशन मान्नु पर्ने बताउनुभएको छ । उहाँले निर्वाचनमा गरेको चुनावी घोषणालाई कार्यान्वयन गर्न पनि प्रतिनिधिहरुले पार्टीको निर्देशन पालना गर्नुपर्ने बताउनुभएको हो ।
पार्टी एकीकरण भएको डेढ बर्षपछि एकताको कामले गति लिए पनि अझै वडा कमिटीहरु गठन गर्न बाँकी रहेको बताउदै अध्यक्ष श्रेष्ठले छिट्टै पार्टीको बैठक बसेर पार्टीको निर्देशन बमोजिम काम गर्न आग्रह गर्ने बताउनुभयो ।

उहाँले रामेछाप न्युजसँग न्नुभयो,‘जनप्रतिनिधिको बारेमा धेरै गुनासो आएका छन्, जनताको गुनासो सुनुवाई गनुपर्छ, निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्नु नै जनप्रतिनिधको पहिलो काम हो ।’
प्रदेश कमिटीको स्पष्ट निर्देशन आइसकेको उल्लेख गर्दै उहाँले जनप्रतिनिधिहरु पार्टीको नीति भन्दा बाहिर गएर काम गर्न नसक्ने बताउनुभयो । जनताले विश्वास गरेर मत दिएका हुन, मतको सम्मान गरेर अगाडि बढनु पर्छ, अब आफूखुसी होइन, पार्टीको संस्थागत निर्णय कार्यान्वयन गर्ने काम जनप्रतिनिधिहरुको हो, श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्