खाँडादेवी गाउँपालिकाको निर्णयः सुत्केरीलाई घरसम्मै निशुल्क एम्बुलेन्स सेवा



३० मंसिर, रामेछाप ।
खाँडादेवी गाउँपालिकाले गाउँपालिकाभित्र गर्भवती महिलाहरुको लागि सुत्केरी गराउन घरसम्मै एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । आमा र शिशुको सुरक्षालाई ध्यान दिदै गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको हो ।


खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले गाउँपालिकाको सबै वडाभित्रका सुत्केरी महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर निशुल्क रुपमा एम्बुलेन्स सेवा उपलब्ध गराइएको बताउनुभयो । उहाँले रामेछाप न्युजसँग भन्नुभयो,‘सुत्केरी हुने महिलाहरुलाई प्रसुती हुने बर्थिङ सेन्टरसम्म निशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउछौ, सुत्केरी भक्ता पनि दिन्छौ ।’

प्रतिक्रिया दिनुहोस्