नेपाल भ्रमण बर्ष २०२० को आकर्षक गन्तव्य आहा सैलुङ ! (फोटोफिचर)



३० मंसिर, रामेछाप ।
रामेछाप र दोलखाको सीमाना पर्यटकीय क्षेत्र सैलुङमा पानी परेसँगै हिउ परेको छ । हिउ परेसँगै आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा पनि बृद्ध भएको छ । हिउ परेसँगै सैलुङको पर्यटकहरुको बृद्धि भएको छ ।

सैलुङमा हिउसँग रमाउनको लागि राजधानी काठमाडौ, सदरमुकाम मन्थलीदेखिका आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । सैलुङका थुम्काहरु हिउले ढाकिएको छ । हिउको विभिन्न आकृति बनाउदै हिउसम्म रमाउने क्रम सुरु भएको छ । पानी परेसँगै सैलुङमा हिउ खेल्ने पयर्टकको भिड बढेको दोरम्बा गाउँपालिका दोरम्बाका वडा अध्यक्ष खडेग श्रेष्ठले बताउनुभयो । पर्यटकीय गन्तव्य गाउँ दोरम्बा हुँदै सैलुङमा हिउ खेल्ने पर्यटकको संख्या बढेको श्रेष्ठले रामेछाप न्युजलाई बताउनुभयो ।

नेपाल भ्रमण बर्ष २०२० को आकर्षक गन्तव्यको रुपमा पर्यटकीय क्षेत्र सैलुङ रहेको छ । पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अझै सरकारको ध्यान पुग्न सकेको छैन् । स्थानीय सरकारले पनि पर्यटक क्षेत्रको विकासको लागि तीन बर्ष वित्न लाग्दा समेत ठोस योजना तथा कार्यक्रम सञ्चालन गर्न सकेको छैन् ।


तस्बीरः दावा शाङबु शेर्पाबाट

प्रतिक्रिया दिनुहोस्