उमाकुण्ड गाउँपालिकाको विकासमा भेदभाव गरिएको छैनः अध्यक्ष सुनुवार



विष्णु खड्का
५ पुस, रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाभित्रको विकास निर्माणमा कही कतै पनि भेदभाग नगरिएको बताउनुभएको छ । उहाँले गाउँपालिकाको सात वटै वडालाई समान ढंगले विकास निर्माणको काम अगाडि बढाइएको बताउनुभएको हो ।
गाउँपालिका–२ बाम्तीभण्डारमा आयोजित श्रीमदभागवतको सप्ताह ज्ञान महायज्ञको समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष सुनुवारले गुम्देलका वडा अध्यक्ष नुर्बु शेर्पाले वडाको विकास भएन भनेर गरेको गुनासोमा कुनै सत्यता नभएको दावी गर्नुभयो । गाउँपालिकाभित्र सञ्चालन हुने विकास निर्माणको कामको बारेमा सल्लाह सुझाव दिन पनि नागकिरहरुलाई उहाँले आग्रह गर्नुभयो ।

बाम्तीभण्डारस्थित पाँगा शिबजी मन्दिर निर्माण गर्ने उदेश्यले आयोजित महायज्ञबाट १० लाख ३३ हजार ७ सय ४२ रकम संकलन एको छ । संकलित रकम मन्दिरको पूर्वाधार निर्माणमा खर्च गरिने श्रीमत भागवत मुल समारोह समितिका सचिब कमल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्