दोरम्बा गाउँपालिकाको अभियानः गर्भवती महिलालाई अण्डा र झण्डा



८ पुस, रामेछाप ।
रामेछापको दोरम्बा गाउँपालिकाले गर्भवती महिलाहरुलाई अण्डा र झण्डको अभियान सुरु गरेको छ । दोरम्बा गाउँपालिकको केन्द्र समेत रहेको वडा नम्बर ३ टोकपरमा गर्भवती महिलाहरुको लागि अण्डा र झण्डा वितरण सुरु गरेको हो । टोकरपुरस्थित स्वास्थ्य चौकीमा स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलाहरुको लागि अण्डा र झण्डा वितरण गरिएको वडा अध्यक्ष लाल बदन थापामगरले रामेछाप न्युजलाई बताउनुभयो ।

उहाँका अनुसार आमा र गर्भमा रहेको बच्चाको अवस्था राम्रो होस भन्ने उदेश्यले नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने अभियानमा बृद्धि गर्न यस खालको कार्यक्रम सञ्चालन गरिएको हो ।  गाउँपािलिकाले ३ लाख पचास हजार रुपैयाँ बजेट विनियोजन गरेको बताउदै वडा अध्यक्ष थापामगरले वडाभित्रका १२ जना भन्दा बढी गर्भवती महिलाहरुको लागि अण्डा र झण्डा वितरण गरिएको बताउनुभयो ।

दोरम्बा गाउँपालिकाको  कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रमका लागी पहिलो पटकको गर्भ जाँचको बेला सर सफाई बाकस(दातँ माझ्ने ब्रस ,टुथ पेष्ट,साबुन) ,गर्भवती चिन्ह अंकित झण्डा र गर्भअबस्थामा खानुपर्ने क्याल्सियम चक्की साथै नियम अनुसारको चौथोपटकको गर्भ जाँचमा एक क्यारेट अण्डा बितरण गर्ने कार्यक्रमको  सुरू गरेकाे हाे ।  कार्यक्रमबाट चार पटकको गर्भ जाँच गर्ने र सुरक्षित प्रसुतिको लागी स्वास्थ्य संस्थामा आउन प्रोत्साहन गर्ने  उदेश्य गाउँपालिकाले लिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्