उर्जा क्षेत्रमा उदाहरणिय काम गर्ने घिसिङ उपराष्ट्रपतिबाट सम्मानित हुँदै



९ पुस, काठमाडौं ।
नेपालको उर्जा क्षेत्रमा उदाहरणिय काम गरेर जनताको मन जित्न सफल नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित हुने भएका छन् । उनले १८ घण्टासम्म लोडसेडिङ रहेको देशभित्रको अन्धकार हटाउन सफल भएको भन्दै सम्मान गर्न लागिएको हो । नेपाल जन–प्रशासन सघं र साल्टटेडिङ कर्पाेरेशन लिमिटेडद्वारा स्थापित उक्त पुरस्कार तथा सम्मानको राशि दुई लाख रहेको छ ।
ऊर्जाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै घिसिङलाई विसं २०७३ को र आँखा उपचारमा योगदान पु¥याएको भन्दै आँखा चिकित्सक डा सन्दुक रुइतलाई ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने भएको छ । रुइतलाई २०७४ सालको हेमबहादुर मल्ल सम्मान प्रदान गर्न लागिएको आयोजले बताएको छ । उक्त सम्मान छनोट समितिका संयोजक कृष्णहरि बाँस्कोटाले यही पुस ११ गते उपराष्ट्रपति नन्दबहादुर पुनबाट उहाँहरुलाई सम्मान प्रदान गरिने जानकारी दिए ।

विगत २५ वर्ष साल्टट्रेडिङमा महाप्रबन्धक भएर काम गर्नुभएका हेमबहादुर मल्लले संस्थालाई पहिचानयोग्य बनाएका थिए । उनको योगदानको कदरस्वरुप विसं २०५९ देखि उक्त सम्मान कार्यक्रम थालिएको थियो । मल्लको २०५७ कात्तिक १२ गते निधन भएको थियो । उनलाई प्रशासक÷व्यवस्थापकको ‘रोलमोडल’ का रूपमा लिने गरिन्छ । बागलुङमा जन्मिनुभएका मल्ल विसं २०२० मा साल्ट ट्रेडिङमा व्यवस्थापकका रूपमा प्रवेश गर्नुभएको थियो ।

यसअघि उक्त सम्मान राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुन, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, पूर्व सभामुख दमननाथ ढुङ्गाना, पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, नागरिक अगुवा देवेन्द्रराज पाण्डे, चाँदनी जोशी, केदारभक्त माथेमा, डा विमल कोइराला, डा भगवान कोइरालालगायतलाई प्रदान गरिसकिएको छ ।

प्रतिक्रिया दिनुहोस्