गंगालाल र पुष्पलालको जन्मभूमि भंगरीमा अन्तर्राष्ट्रियस्तरको संग्राहलय बनाउँछौः मन्त्री ढुंगेल



१० पुस, रामेछाप ।
नेकपा रामेछापका सह–इन्चार्ज एवं प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले ऐतिहासिक भूमि भंगेरीमा अन्तर्राष्ट्रियस्तरको कम्युनिष्ट संग्राहलय निर्माण गर्ने काम अगाडि बढेको बताउनुभएको छ । विगतदेखि नै संग्राहलय निर्माणको काम अगाडि बढेको बताउदै अहिले जग्गा प्राप्तिको काम सम्पन्न भएको बताउदै नेपालकै प्रमुख राजनीतिक गन्तव्यको रुपमा चिनाउने गरी संग्राहलय निर्माण गर्ने बताउनुभएको हो ।
नेपाल कम्युष्टि पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र शहीद गंगालाल श्रेष्ठको जन्मभूमि भंगरीमा कम्युनिष्ट संग्राहलय बनाउन प्रदेश सरकारले पनि सहयोग गर्ने मन्त्री ढुंगेलले बताउनुभयो ।
नेकपा रामेछाप नगर कमिटीका सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले भंगेरीमा जग्गा अधिग्रहणको काम सम्पन्न भइसकेकाले अब डिपिआर तयार गरेर काम अगाडि बढाइने बनाउनुभयो । उहाँले स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय गरेर बजेटको व्यवस्था गरिने बताउनुभयो । उहाँले संग्राहलयमा पुष्पलाल र गंगालाल सम्बन्धि सामाग्री संग्रालयमा राखिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्