तीन महिना अघि नै बन्यो उमाकुण्ड गाउँपालिकाको भवन



१० पुस, रामेछाप ।
रामेछापको उमाकुण्ड गाउँपालिकाको कार्यालय भवन निर्माण भएको छ । छ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएपनि निर्माण कम्पनीले तीन महिना अगावै भवन निर्माण सम्पन्न गरेको हो । गाउँपालिकाले १ करोड ७२ लाख टेन्डर गरेपनि उक्त निर्माण कम्पनीले १ करोड १० लाखमा ठेक्का लिएको थियो ।
तीन महिनाभित्र नै प्रिफ्याक भवन निर्माणको काम सम्पन्न हुने चरणमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले गाउँपालिकाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको रामेछाप न्युजलाई बताउनुभयो । कार्यालय भवन निर्माण भएसँगै सेवा प्रवाहमा सहज हुने उहाँले बताउनुभयो ।

वीस वटा कोठा रहेको कार्यालय भवनभित्र विषयगत शाखा कार्यालय, गाउँ कार्यपालिकाको बैठक हल लगायत रहेका छन् । साढे १४ रोपनीमा गाउँपालिकाको केन्द्र प्रितिको च्यादलुमा निर्माण गरिएको भवन आधुनिक र व्यवस्थित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्