प्रदेश ३ को नाम बाग्मती राजधानी हेटौडा नै बनाउने निर्णय



१२ पुस,काठमाडौं । सत्तारुढ नेकपाले प्रदेश नम्बर ३ को नाम बाग्मती राख्ने र स्थायी राजधानी हेटौंडालाई राजधानी बनाउने निर्णय गरेको छ । नेकपा सचिवालयले गरेको निर्णयप्रति प्रदेशसभा सांसदहरुले भने असन्तुष्टि जनाएका छन् ।


आइतबार बसेको नेकपा सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगो लगाएको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बैठकले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।

प्रदेशको नाम र राजधानीमा नेकपाकै सांसदहरुबीच कुरा नमिल्दा २ वर्षदेखि निर्णय हुन सकेको थिएन । प्रदेशको नाममा नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती गरी तीन विकल्प थियो भने राजधानी लागि काभ्रे, भक्तपुर र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा सहमति हुन सकेको थिएन ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाई बहुमत छ । त्यसैले नेकपा सचिवालयको निर्णयअनुसार नै प्रदेशको नाम र राजधानी तोकिने लगभग पक्का भएको छ ।

तर सचिवालयको निर्णयप्रति नेकपाकै सांसदहरुले असन्तुष्टि जनाएका छन् । प्रदेशसभा सांसद रत्न ढकालले प्रदेशको नाम र राजधानी प्रदेशसभाको क्षेत्राधिकार भएको बताउदै पार्टीले हस्तक्षप गर्न नहुने बताउनुभयो । प्रदेशसभा सदस्यहरु लक्ष्मण लम्साल, बसुन्धारा हुमागाइ र रत्न ढकालले पनि पार्टीको निर्णयप्रति आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्