सुनापती गाउँपालिकाको समृद्धिको आधारः कृषि र पर्यटन (फोटोफिचर)
जी.बी. लामा
१७ पुस, रामेछाप । सुनापती गाउँपालिकाले अगाडि सारेको ‘समृद्धि र सुखी सुनापती, कृषि र पर्यटन हाम्रो सम्पत्ति’को अभियानको साथ पर्यटन बर्ष २०२० को सुरुवात गरेको छ । सुनापती गाउँपालिकाले गाउँपालिकाभित्र रहेको सुनापती सहित विभिन्न धार्मिक, ऐतिहासिक र सांस्कृति क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्य सहित भ्रमण बर्षको कार्यक्रम गरेको हो ।
सुनापती गाउँपालिका–३ हिलेदेवस्थित डोक्मामा प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले सुनापती गाउँपालिकाको विकासमा प्रदेश सरकारले लगानी गर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘कृषि पर्यटनको क्षेत्र बनाएर अगाडि बढनुहोस, गाउँपालिकाभित्र चियाको पनि राम्रो सम्भावना छ, योजना लिएर आउनुहोस सक्दो सहयोग हुन्छ ।’
कार्यक्रममा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले कृषि र पर्यटन क्षेत्रको विकासको लागि योजनाबद्ध रुपमा अगाडि बढको बताउनुभयो । उहाँले चिया खेतीको काम अगाडि बढिसकेको बताउदै आगामी दिनमा निरन्तरता दिएर अगाडि बढने बताउनुभयो । उहाँले भन्नुभयो,‘गाउँपालिकाको बजेटले मात्र सम्भव छैन, हामीलाई प्रदेश र संघीय सरकारको पनि साथ चाहिएको छ ।’
धार्मिक ऐतिहासिक स्थाल डोङ्मा घ्याङ टोलमा आयोजना गरेको कार्यक्रममा स्थानीय पन्चे बाजा, म्हेमे पेङ दोर्जेको सुमधुर डम्फूको ताकाधुंई तालमा ताम्बाहरुले नाच प्रस्तुत गरेका थिए ।