बर्षासँगै रामेछापको उच्च क्षेत्रमा हिमपात



१८ पुस, रामेछाप ।
बर्षासँगै हिमाली जिल्ला रामेछापको उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । जिल्लाको चुचुरे ठोसे सैलुङ क्षेत्रमा हिमपात सुरु भएको हो । रामेछाप जिल्लाभित्रका विभिन्न ठाउँमा यस बर्ष दोस्रो पटक हिमपात भएको हो ।

यस बर्ष पुस महिनामा मात्र दुई पटक हिमपात भएको छ । हिमपात सुरु भएसँगै जिल्लाको उच्च क्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवारले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्