गाउँपालिकास्तरीय हाजिरी जवाफमा बाल मावि भिरकोटले मार्यो बाजी
१८ पुस, रामेछाप ।
सुनापती गाउँपालिकास्तरीय हाजिरी जवाफ प्रतियोगितमा बाल मावि भिरकोटले बाजी मारेको छ । कुशेश्वर नमूना मावि भूतपूर्व विद्यार्थी समाज बेथानले सुनापती गाउँपालिका–४ बेथानस्थित कुशेश्वर माविमा आयोजना गरेको गाउँपालिकास्तिरीय हाजिरी जवाफ प्रतियोगीतमा बाल मावि भिरकोट तीन वटै पुरस्कार जितेको हो ।
गाउँपालिकाभित्र रहेका १० वटा माविबाट कक्षा १० मा अध्ययनरत पचास जना विद्यार्थीहरु सहभागीता रहेको थियो । पहिलो पटक गाउँपालिकाभित्र भएको लिखित हाजिरी जवाफ प्रतियोगितामा बाल मावि भिरकोटबाट सहभागी विद्यार्थीहरु प्रथम, द्धितिय र तृतिय भएका हुन् ।
प्रतियोगितमा बाल माविका विक्रम मानन्धर प्रथम, कुमार मानन्धर द्धितिय र गणेश मानन्धर तृतिय भएका छन् । विजयी प्रतियोगीहरुले प्रथम, द्धितिय र तृतिय गरी क्रमशः १० हजार, ७ हजार र ५ हजार पुरस्कार प्राप्त गरेका थिए ।
विजयी प्रतियोगीहरुलाई सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, नेपाली कांग्रेसका नेता रामचन्द्र खड्का, कुशेश्वर नमूना मावि भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष कैलाश खड्काले पुरस्कार र प्रशसा पत्र प्रदान गर्नुभएको थियो ।
बाल मावि भिरकोटका शैक्षिक संयोजक तथा अनुशासन विभाग प्रमुख शिक्षक माइकल लामा विद्यार्थीहरुकाे मेहनतको कारण प्रतियोगिता जित्न सफल भएको बताउनुभयो ।
बाल मावि भिरकोटका प्रअ सूर्य मानन्धरले विद्यालयको पठनपाठन सुधार हुँदै गएको बताउनुभयो । उहाँले विद्यार्थीहरुको क्षमता विकासको लागि यस खालका कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
