पानीघाटमा नेकपाले मनायाे २३ औ बेथान वीरता दिवस



१९ पुस, रामेछाप ।
नेपाल कम्युनिष्ट पार्टीले २३ औं बेथान वीरता दिवस मनाएको छ । २०५३ साल पुस १९ गते तत्कालिन माओवादीले बेथानको प्रहरी चौकी कब्जा गर्न गरेको थियो । आजको दिनलाई नेकपाले बेथान वीरता दिवसको रुपमा मनाउदै आएको छ ।

नेकपाले बेथान चौकी आक्रमणको क्रममा शहीद हुनुभएका तिर्थ गौतम, फत्तबहादुर स्लामी मगर र दिलमाया योञ्जनको अर्धकदको शालिक निर्माण गरेको छ । शालिकको औपचारिक रुपमा अनावरण हुन सकेको छैन् । बेथान चौकीको क्रममा दुई जना प्रहरीले ज्यान गुमाएका थिए ।
वीरता दिवसको अवसमा नेकपा सुनापती गाउँ कमिटीले बेथानको पानीघाटमा आयोजना गरेको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गंगा कार्की, नेकपा रामेछापका जिल्ला इन्चार्ज देव शकंर पौडेल, नेकपा रामेछापका सह–इन्चार्ज एवं प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठ, नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाई, नेकपा रामेछापका अध्यक्ष मैन कुमार मोक्तान, सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामा, खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङ लगायतको सहभागीता रहेको थियो ।

प्रतिनिधिसभा सांसद श्रेष्ठले तिफदीको शालिक र पूर्वाधार निर्माणको लागि संसद विकास कोषबाट वीस लाख रुपैयाँ विनियोजन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्