बेथानलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गछौः सांसद श्रेष्ठ



१९ पुस, रामेछाप ।
रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले ऐतिहासिक भूमि बेथानलाई युद्ध पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपालको राजनीति परिवर्तनमा बेथान मोर्चाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउदै बेथानको विकासमा आफूले सक्दो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
२३ औ वीरता दिवसको अवसरमा नेकपा सुनापती गाउँ कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा रामेछापका सह–इन्चार्ज सहेत रहेको सांसद श्रेष्ठले सहिदले देखाएको सपना पूरा गर्ने अभियानमा लागेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सांसद विकास कोषबाट विनियोजन भएको वीस लाख रुपैयाँले तिफदीको शालिक निर्माण भएको छ, तर अझै पनि भौतिक पूर्वाधार निर्माण गर्न बाँकी छ, यसको लागि आवश्यक बजेटको व्यवस्था गर्न पहल गर्छु ।’ शहीदल बगाएको रगत खेर जान दिइने छैन, जनताको चाहना र भावना अनुसार नै विभाजित कम्युनिष्ट पार्टी एकता भएर शक्तिशाली पार्टी नेकपा बनेको छ, उहाँले भन्नुयभो ।

सांसद श्रेष्ठले रामेछापको विकास निर्माणमा लागि रहेको बताउदै सडक, खानेपानी स्वास्थ्य शिक्षा कृषि पर्यटन र जलविद्युत क्षेत्रको विकासको लागि काम भइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्