हेटौडा कुनै हालतमा स्थायी राजधानी हुँदैन, पार्टीले हुकुमी आदेश फिर्ता लिनुपर्छः सांसद पौडेल



२० पुस, काठमाडौं ।
रामेछापबाट तीन नम्बर प्रदेश सभा सांसद शान्ति पौडेलले तीन नम्बर प्रदेशको स्थायी राजधानी कुनै पनि हालतमा हेटौडा हुन नसक्ने बताउनुभएको छ । उहाँले भूगोलको दृष्टिकोणले पनि हेटौडा राजधानी बन्न नसक्ने बताउनुभएको हो ।

रामेछाप न्युजसँग कुराकानी गर्दै सांसद पौडेलले भन्नुभयो,‘प्रदेशको सबै जिल्लालाई पायक पर्ने गरी प्रदेशको राजधानी बनाउनु पर्छ, संघीयताको चाहना र भावना अनुसार चल्नु पर्छ, जनताको मत भन्दा बाहिर जान मिल्दैन ।’ पार्टीको सचिवालय गरेको निर्णय सच्याउनु पर्ने बताउदै उहाँले प्रदेशको नामाकरण र राजधानी टुंगो लगाउन प्रदेश सभा नै सक्षम रहेको बताउनुभयो ।

सांसद पौडेले भन्नुभयो,‘पार्टीको हुकुमी शासन स्वीकार्य छैन्, जनताको मतको सम्मान गर्दै पार्टीले निर्णय फिर्ता लिनुको विकल्प छैन् ।’ उहाँले प्रदेश सभाका बहुमत सदस्यहरु हेटौडालाई स्थायी राजधानी बनाउन नहुने पक्षमा रहेको बताउदै १३ वटै जिल्लाका जनतालाई पायक पर्ने गरी राजाधनी तोकिने बताउनुभयो । प्रदेश सभाको जारी बैठकमा पार्टीले गरेको निर्णय सच्याउनु पर्ने पक्षमा बलियो जनमत बनेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्