रामेछापको उच्च क्षेत्रमा तेस्रो पटक हिमपात



२४ पुस, रामेछाप । बर्षासँगै रामेछापको उच्च क्षेत्रमा तेस्रो पटक हिमपात भएको छ । हिउ परेसँगै जनजीवन कष्टकर बन्न पुगेको छ । त्यसैगरी हिउ परेसँगै हिउ खेल्न आन्तरिक र बाह्य पर्यटकको सख्या पनि बढदै गएको छ

रामेछाप दोलखाको सीमाना सैलुङ क्षेत्रमा भारी हिमपात भएको छ । रामेछापको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिकाको विभिन्न क्षेत्रमा हिमपात भएको छ । हिउ खेल्न सदरमुकाम मन्थली र राजधानी काठमाडौंबाट समेत आन्तरिक पर्यटकहरुको भीड लाग्ने गरेको दोरम्बा गाउँपालिका–२ दोरम्बाका वडा अध्यक्ष खड्ग बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्र सैलुङमा विगतको बर्ष भन्दा यस बर्ष आन्तरिक पर्यटकरुको संख्या ह्वातै बढेको छ । सडकको पहुँच पुगेको कारणले पनि सैलुङमा हिउसँग रमाउनको लागि पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ । आन्तरिक पर्यटकहरुको बृद्धि भएसँगै दोरम्बा, गाल्वा लगायतको क्षेत्रमा व्यवसाय पनि फस्टादै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्