रामेछापको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडी भगवती माझीलाई गृह जिल्लामा सम्मान



२६ पुस, रामेछाप ।
खेलकुदको माध्यमबाट रामेछापको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी भवगती माझीलाई गृह जिल्ला रामेछापमा सम्मान गरिएको छ । साम्बो र कुरास खेलमा सक्रिय रहेकी भवगती माझी अहिले व्यवसायीक रिङ रेस्लीङमा पनि उत्तिकै सक्रिय छिन् ।

खेलकुदको माध्यमबाट रामेछापको साथै देशको नाम चम्काउन सफल भएको भन्दै मन्थली नगरपालिकाले मार्सल आर्टस भगवती माझीलाई सम्मान गरेको छ । कुरास र साम्बो दुई खेलमा ठुला सफलता हात पारेकी उहाँ कुनै समय मुक्केवाजको खेलाडी समेत रहनुभएको थियो । मिक्स मार्सल आर्टको उहाँ व्यवसायिक खेलाडी समेत रहनुभएको छ ।

खेल मार्फत देशको नाम चम्काउन सफल हुनुभएका मार्सल आर्टस खेलाडी माझीलाई मन्थली नगरपालिकाले नगद रु १ लाख सहित सम्मान गरेको छ । मन्थली नगरपालिका–७ भटौलीमा आयोजित एक कार्यक्रमकोबीच मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेतले खेलाडी माझीलाई सम्मान गर्नुभएको हो ।

सम्मानित भएपछि रामेछाप न्युजसँग कुराकानी गर्दै माझीले आगामी दिनमा खेल मार्फत थप पदक जित्न हौसला थपिएको बताउनुभयो । माझीले चार वटा अन्तर्राष्ट्रिय खेलमा पदक जित्नुको साथै राष्ट्रियस्तरमा आयोजना भएको खेलमा एक दर्जन भन्दा बढी पदक जित्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्