सुनापती गाउँपालिकाद्धारा ३ दिने विदा दिने निर्णय



२८ पुस, काठमाडौं ।
सुनापती गाउँपालिकाले तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले आगामी माघ १०, ११ र १२ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । २८५६  औ ल्होछार (जीवा÷मुसा ल्हो) पर्वको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष धावा लामाले रामेछाप न्युजलाई जानकारी दिनुभयो ।


गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत प्रबल कुमार योञ्जनद्धारा जारी विज्ञप्तीमा ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्