सभामुखका लागि अग्नि सापकोटाद्धारा उम्मेदवारी दर्ता



७ माघ, काठमाडौं ।
माघ १२ गते हुने सभामुखको निर्वाचनको लागि नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले स उम्मेदवारी दर्ता गराउनुभएको छ । मंगलबार बिहान नेकपा संसदीय दलका उप नेता सुवास नेम्वाङको प्रस्ताव तथा पार्टीका प्रमुख सचेतक देव गुरुङ, संसदका जेष्ठ सदस्य लक्ष्मणलाल कर्ण र पूर्व सभामुख ओनसरी घर्तीको समर्थनमा सापकोटाले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो ।
उम्मेदवारी दर्तालगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले जननिवार्चित संस्थालाई थप गरिमामय बनाउन भूमिका खेल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्