जनताको आशा र विश्वास बढने काम गर्छुः सभामुख सापकोटा



१३ माघ, काठमाडौं ।
नवनिर्वाचित सभामुख अग्नि सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको छ । सभामुख पदको शपथ ग्रहणलगत्तै आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उहाँले संसदलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने बताउनुभएको हो ।

संसदमा केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु, उहाँले भन्नुभयो । आफ्नो सम्पूर्ण ध्यान संसदमा ेन्द्रित भएको बताउदै सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताउनुभयो ।

‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्बन्धी प्रस्ताव के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उहाँले एमसिसीसम्बन्धी सहयोग लिने÷नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने टिप्पणी गर्नुभयो । सभामुखमा निर्वाचित भएपछि आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उहाँले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बताउदै भन्ुनभयो,‘यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन,केही विषय उठेका छन् ती निरुपण हुँदै जान्छन् ।’

प्रतिक्रिया दिनुहोस्